६ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा ६१ वर्षे वृद्ध पक्राउ
<p>गुल्मी। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लागेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
