काठमाडौं। जाजरकोट र रुकुम (पश्चिम)बाट २६ किलो अवैध लागूऔषध अफिससमित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा अफिम सहित फेला पारी पक्राउ गरेको हो।
रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिम सहित जाजरकोट नलगार्ड नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंह लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। जाजरकोट र रुकुम (पश्चिम)बाट २६ किलो अवैध लागूऔषध अफिससमित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

">