अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो
एजेन्सी। हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ।

अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शङ्कास्पद विउका दाना भेटिएका विवरणपछि ‘अमेजन’ को यो निर्णय आएको बताइएको छ।

“हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौं,” विशाल अनलाइन विक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ।

गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका विउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता वियले अमेरिकी कृषि षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता विउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो।

शङ्कास्पद पोका (पाकेट) हरू खोलेर हेर्दा पुदीना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातीका साग तथा फूलको बीउ भेटिएको विभागले दावी गरेको छ।

कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, “यस समयमा हामीसँग यो ‘बीउलाई विस्थापन गर्ने बाहेकअरु केहि विकल्प छैन।"

कहिलेकाहीँ विक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन्।

एएफपी

प्रतिक्रिया दिनुहोस्