अभिनेता सुशांत सिंह राजपूतको कथित आत्महत्या प्रकरणमा कुनै संदिग्ध वा आरोपी छ ?
यसको छोटो जवाफ छ, ‘अहिलेसम्म कोही छैन।’
तर, प्राय जसो मिडिया कभरेजले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीतिर औला उठाइरहेका छन्। वास्तवमा, सामाजिक सञ्जाल र केही प्रमुख टेलिभिजन उद्घोषकका विचारोत्तेजक अडकलबाजीले रियालाई दोषी करार गरिसके।
तथ्यपरक प्रमाणका आधारमा रिर्पोटिङ गर्नुको सट्टा, मिडियाको एउटा ठूलो हिस्साले यो विषयलाई सर्कसमा परिणत गरेको छ। उनीहरू अहिले २८ वर्षीया महिलाको विरुद्ध न्यायाधीश र निर्णायकको भूमिका खेल्ने प्रयास गरिरहेका छन्।
चिन्ताजनक कुरा के हो भने यस्तो काम टिभी र पत्रपत्रिका तथा सोशल मिडियामा विना कुनै रोकतोक निर्धक्कसँग भइरहेका छन्।
विगत चार दशकदेखि भारतको उच्च अदालतमा सयौं ठूला मुद्दाहरूबारे रिर्पोटिङ गरेका एक अनुभवी पत्रकार राकेश भटनागर भन्छन्, “रिया चक्रवर्तीमाथि अहिले सुशान्त आत्महत्यामा अनुसन्धान गरिरहेका तीन केन्द्रीय एजेन्सीहरूको निगरानी छ। यस मुद्दामा हालसम्म कुनै पनि अभियुक्त छैन। मिडियाको अत्याचार बन्द हुनुपर्दछ। रिया र उनको परिवारसँग केहि दिनदेखि लागि सीबीआई र अन्य एजेन्सीहरूले सोधपुछ गरिरहेका छन्। तर अहिलेसम्म यसमा कोही पनि दोषी देखिएका छैनन्।”

पत्रकार भटनागरले भारतीय पत्रकारिताको स्थितिमाथि चिन्ता व्यक्त गरे। जबकि, मिडियाद्वारा यस्ता घटनामा परीक्षण गर्नु एउटा सामान्य चलन भइसकेको छ। यो भारतमा मात्र नभएर विश्वव्यापी समस्या बनिरहेको छ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीस्थित रोयटर्स इन्स्टिच्युट फर स्टडी अफ जर्नालिज्मकी सह–निर्देशक क्याथलिन मर्सरले आत्महत्याका घटनाहरूको रिपोर्ट गर्ने क्रममा पत्रकारहरूलाई होसियार हुन आग्रह गर्दै सुझाएकी छिन्, “म यस मुद्दा ‘सुशांत सिंह राजपूतको मृत्यु प्रकरण’ सँग परिचित छैन। तर, जब आत्महत्याको रिर्पोटिङको कुरा आउँछ। धेरै देशहरूमा गरिएका अनुसन्धानले जिम्मेवारीसहित गरेको रिर्पोटिङ नै जनताको हितमा हुने निष्कर्ष निकालेका छन्।”
उनी भन्छिन्, “कुनै पनि जिम्मेवार मिडियाले रिपोर्ट गर्नुअघि तीन मूख्य कुरामा ध्यान राख्नु उचित हुन्छ। पत्रकारले यस्तो बेला दुःख र शोकसँग जुधिरहेका आफन्तहरूप्रति संवेदनशीलता देखाउनुपर्छ। आम जनताप्रति जिम्मेवारीबोध पनि पत्रकारमा हुनुपर्छ। आत्महत्याका कारण उछालिएका विषयले फेरि अर्कोको ज्यान नजाओस् भन्नेमा पत्रकार सधै सचेत हुनुपर्छ।”
“दुर्भाग्यवस, आत्महत्या रिपोर्टमा सकेसम्म धेरै जानकारी प्राप्त गर्न खोज्नु मानवीय कमजोरी हो। हामी सबैजना सम्भव भएसम्म सबै विवरणहरू जान्न चाहन्छौं। हामी हरेक सम्भाव्य, कथानक र दृष्टिकोणलाई जाँच्न चाहन्छौं। यो हाम्रो मृत्युको डरले परिचालित हुन्छ।
त्यसैले यस्ता घटनाहरू मिडियाका लागि नाफा आर्जन गर्ने तथा ट्राफिक बढाउनको लागि राम्रो हुनसक्छ। तर, जनता र शोकमा परेको परिवारका लागि मिडियाबाट हुने कुनै पनि असावधानीबाट गम्भीर अन्याय हुन्छ,” उनले भनिन्।
नेटफिलिक्समा सार्वजनिक ‘ट्रायल बाई मिडिया’ को छैठौं भागमा अमेरिकाका चर्चित घटनाबारे चित्रण गरिएको छ। यस श्रृंखलाबाट कसरी मिडियाले यी घटनाहरूलाई सनसनी खोज बनाए र कति धेरै मानिसहरूको करिअर तथा प्रतिष्ठा नै समाप्त गरिदिए भन्ने देखाइएको छ। मिडिया परीक्षण दुई धारे तरवार जस्तै भएको छ। परम्परागत मिडियासँगै अब मानिसहरूले सोसल मिडियाको सनसनीपूर्ण कभरेजसँग जुध्नु परिरहेको छ। त्यसको पछिल्लो उदाहरण रिया चक्रवर्ती हुन्।
विश्वव्यापी रूपमा मिडियाद्वारा ट्रायल गरिएका पाँच चर्चित उदाहरण
ओ.जे. सिम्पसनको मिडिया ट्रायल
अमेरिकाको राष्ट्रिय फुटबल लिगका चर्चित खेलाडी ओ.जे. सिम्पसनद्वारा हत्या गरिएको भनिएको घटनालाई शताब्दीकै चर्चित मिडिया ट्रायल मानिन्छ।
३ अक्टोबर १९९५ मा सिम्पसनलाई अमेरिकाको अदालत कोठाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। जसलाई १० करोडभन्दा बढी मानिसहरूले हेरेका थिए। उनीमाथि उनकी पूर्व पत्नी निकोल ब्राउन सिम्पसन र उनका मित्र रोनाल्ड गोल्डम्यानको हत्याको अभियोग लगाइएको थियो। तर, न्यायाधीशले सिम्पसनलाई मुक्त गरे।

ट्रायलका क्रममा मिडियाले लगातार अपुष्ट तथा झुठा समाचार छाप्दा न्यायाधिशहरूलाई धेरै पटक परिवर्तन गर्नुपरेको थियो। मिडियामा बारम्बार आएका पुष्टि नभएका र झुटा समाचारका कारण मुद्दा थुप्रै पटक स्थगित गर्नुपरेको थियो।
मिडियाका सनसनीखेज समाचारका कारण घटनाप्रति बढ्दो चासोको कारण न्यायपरिषद्का केही सदस्यहरूले मिडियालाई अन्तर्वार्ता दिएर आफ्ना राय दिए। जसले मुद्दाको परिणामलाई असर गर्न सक्ने थियो। केही साक्षीहरू मिडिया कभरेजबाट अत्यधिक प्रभावित भएको पाइयो।
मिडिया कभरेजपछि बेलायतमा डाक्टर डेविड केलीको मृत्यु
मे २००३ मा बीबीसीका एक रिपोर्टरले इरानसँग खतरनाक हतियार रहेको दाबीसहित समाचार बनाए। उक्त समाचारमा इरानसँग रहेको हतियार ४५ मिनेटभित्रमा तयार हुने दाबी थियो।
अखबारमा यो समाचारको स्रोतको रूपमा पहिचान भएपछि हतियार विशेषज्ञ डा. डेभिड केली निकै चर्चामा आए। सूचना चुहाएको आरोप लागेपछि उनले संसदीय समितिमा जवाफ दिए। जवाफ दिएको दुई दिनपछि उनी एक सुनसान क्षेत्रमा मृत भेटिए।

अनुसन्धानले उनले आत्महत्या गरेको ठहर गर्यो। तर, केही व्यक्तिले अहिलेसम्म पनि अनुसन्धानको निष्कर्षमा शंका गरिरहेका छन्। उनको मृत्युपछि बीबीसीले डाक्टर केली यस समाचारको स्रोत भएको जनाएको थियो। पछि उनकी श्रीमती मिडियाले गरेको अपमानका कारण निकै दुःखी भइन्।
लोरेना बोबिट केस
यो एक अनौंठो केस भएका कारण मिडियामा राम्रो कभरेज भयो। अमेरिकामा १९९३ मा घरेलु हिंसाको शिकार भएकी लोरेना बोबिट मिडिया ट्रायलको शिकार भइन्। उनले भर्जिनियामा आफ्नो श्रीमान जोन वेन बोबिटको लिंग काटेर कारको झ्यालबाट बाहिर फ्याँकेकी थिइन्।

उनले विवाहपछि श्रीमानले भावनात्मक, शारीरिक र यौन दुर्व्यवहार गरेको बताइन्। विज्ञहरूको विचारलाई ध्यानमा राख्दै निर्णायकले उनलाई निर्दोष साबित गर्यो।
रोडनी किङ्गलाई श्वेत प्रहरीले कुटेको घटना
१९९१ मा अमेरिकाको लस एन्जलस शहरमा अश्वेत रोडनी किङ्गलाई श्वेत प्रहरीले सार्वजनिक रूपमा कुटे। उक्त घटनालाई एकजनाले आफ्नो क्यामेरामा कैद गरे। कुटपिटपछि पनि उनी बाँच्न सफल भए। उनको परिवारका अनुसार उनी मानसिक र मनोवैज्ञानिक रूपमा प्रभावित थिए। २०१२ मा उनको मृत्यु भयो। पछि सार्वजनिक भएको कुटपिटको घटना र प्रहरीको विरूद्धमा भएका मुद्दाको अमेरिका र विश्वभरका मिडियाले हेडलाइनमा सम्प्रेषण गरे। तर प्रहरीहरू निर्दोष साबित भए।
यद्यपी अदालतको निर्णय हुनु अघि मिडियाले उक्त फैसला गर्दै पुलिसकर्मीलाई दोषी करार गरेका थिए। तर, जब अदालतले पुलिसकर्मीहरूलाई निर्दोष ठहर्यायो। तर, मिडिया अफबाहका कारण अदालतबाट फैसला आउनुअघि नै शहरमा ५४ जनाको ज्यान जाने गरी आगजनी, लुटपाट र गोलीबारी भइसकेको थियो।
स्कट पीटरसन मामला
स्कट पीटरसन नाम गरेका एक अमेरिकीलाई गर्भवती पत्नीको हत्या गरेको अभियोग लगाइएको थियो। उनी श्रीमती र विवाहबाट स्वतन्त्र हुन चाहन्थे। मुद्दा विचाराधीन अवस्थामा रहँदा पनि उनले श्रीमतीको परिवारलाई सहयोग गर्ने र पैसा पठाउने क्रमलाई निरन्तरता दिइरहे।
उनले मुद्दा चलेको बेलामा पनि आदर्श पतिको छवि कायम राख्न प्रयास गरेका थिए। मिडियाले यो घटनामा उनलाई फौजदारी अभियोग लगायो। तर उनले भने आफू निर्दोष भएको बताइरहे।
आफ्नो जनमत विश्वासमा ल्याउनका लागि उनीहरूले मानिसहरूलाई अभियुक्त अपराधी नै हो जसरी अनेक फेक प्रमाण र तर्क प्रस्तुत गरिरहन्छन् र एकखालको जनमत सिर्जना गर्छन।
उनको केसका सम्बन्धमा मिडियामा धेरै हल्ला भएको थियो र अन्ततः न्यायालयले पनि उनलाई दोषी करार दियो। उनका साथीहरू र समर्थकहरूले मिडियाले उनलाई मुद्दा चलाउन अघि नै एक हत्याराको रूपमा प्रस्तुत गरिसकेको ठहर गरेका थिए। मिडियाका कारण न्यायाधीश र साक्षीहरूलाई प्रभाव परेको उनका मित्र तथा आफन्तहरूको ठहर थियो।
स्वतन्त्र र निष्पक्ष परीक्षणको अधिकार
कानूनका विज्ञहरू मिडिया ट्रायलले व्यक्तिको अधिकारलाई खतरामा पार्न सक्ने बताउँछन्। मिडिया ट्रायलले अदालतको अपहेलना पनि निम्त्याउने उनीहरूको ठहर छ।
तेलंगाना उच्च अदालतका मूख्य न्यायाधीश रघुवेन्द्र सिंह चौहानले मिडिया ट्रायल सम्बन्धी २०११ मा लेख लेख्दै आफ्ना विचार व्यक्त गरेका थिए। उनले भनेका थिए, “पूर्व परीक्षण पब्लिसिटी एक निष्पक्ष परीक्षणका लागि हानिकारक हुन्छ। आरोपितलाई पक्राउ गर्नु र मुद्दा चलाउनु अघि मिडियाले उनलाई दोषी सावित गराउन सक्छन्।

मिडिया ट्रायल नियन्त्रण गर्न सकिन्छ ?
भारतको सर्वोच्च अदालतले धेरै पटक सनसनीपूर्ण र नाटकीय समाचारको विषयमा पत्रकार वा सञ्चारमाध्यमलाई सचेत गराएको छ। तर, न्यायाधीशले भने पछिल्लो समय मिडियाको मामिलामा हस्तक्षेप गर्न छोडेका छन।
तालाबन्दी जमातका जनताले दिल्लीमा तालाबन्दीका बेला कभरेज यसका उदाहरण हुन्।
अप्रिलमा मुश्लिम समुदायका केहीलाई कोरोना पोजिटिभ देखिएको थियो। मिडियाहरूले उनीहरूलाई आत्मघाती नै सावित गराए। उनीहरूलाई समाजमा जानाजानी भाइरस फैलाएको आरोप लगाए। त्यो विषयमा न्यायपालिकाले हस्तक्षेपको तर्कलाई अस्वीकार गर्यो र भन्यो कि पत्रकारहरूलाई रिपोर्ट गर्ने अधिकार छ।
(बीबीसीबाट)
" /> अभिनेता सुशांत सिंह राजपूतको कथित आत्महत्या प्रकरणमा कुनै संदिग्ध वा आरोपी छ ?यसको छोटो जवाफ छ, ‘अहिलेसम्म कोही छैन।’

">