काठमाडौं । गोमन सिंह मगर (२९) र मनकुमार लिम्बू (३२) दिनरात नछुट्टिने मिल्ने साथी हुन्। मनकुमार शिवसाताक्षी नगरपालिका-८ का हुन् भने गोमन सिंहको घर वडा नम्बर ११ मा पर्छ।
सानैदेखि नङमासुको झै सम्बन्ध भएका मनकुमार र गोमन सिंह वैदेशिक रोजगारीको सिलसिलामा सँगै बहराइन गएका थिए। बहराइनमा सँगै बसेका उनीहरू घर फर्किँदा पनि सँगै फर्किए। उनीहरू स्वदेश फर्किएको पनि धेरै भएको थिएन।
गत मंगलबार दिनभर पनि उनीहरू सँगै थिए। साँझको करिब ६ बजेको थियो। “अर्जेन्ट छ’ भन्दै फोनमा मनकुमारले बोलाएपछि गोमन सिंह मोटरसाइकलमा आए।
मनकुमार मोटरसाइकलको पछाडि बसे र ‘बेलुकाको हावा खान सताक्षीधाम मन्दिर’ जाने प्रस्ताव राखे। मनकुमारले भनेझै गोमन सिंहले मोटरसाइकल विस्तारै चलाएका थिए।
सुस्त गतिमा गुडेको मोटरसाइकलमा पछाडि बसेका मनकुमारले लुकाएर बोकेको कर्द निकालेर गोमन सिंहको घाँटी रेटे।
मोटरसाइकल लड्यो। दुवैजना लडे। उठेर मनकुमारले पुन: आक्रमण गरी साथीको हत्या गरे।
घटनापछि मोटरसाइकललाई कसैले नदेखोस् भनी सडकदेखि पूर्वपट्टी जंगलमा लडाइ दिए। र, फेरि आएर सडकमा मृत अवस्थाका गोमनको घाटीमा फेरि कर्दले घाँटीमा रेटे।

मृत साथीलाई मनकुमारले सडकको नालीमा फाले। मृतकले प्रयोग गरेको आइफोन मोबाइल, कर्द र आफ्नो मोबाइल झिल्झिले खोलामा फाले।
सम्भवतः आफ्नो जीवनको अन्त्य मिल्ने साथीबाटै होला भन्ने सामान्य भान पनि गोमनलाई परेको थिएन होला तर, भयो त्यस्तै।
“घटना र सबुतलाई दबाउने प्रयास गरे। उनी अपराध कर्मपछि जोगिने प्रयासमा थिए। तर, पक्राउ परेपछि बयानमा मनकुमार आफैंले सबै अपराध स्वीकारे,” जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले देखापढीसँग भने।
कोइरालाका अनुसार घटनाको भोलिपल्ट गत बुधबार बिहान १० बजेतिर गोमन सिंहको शव फेला परेको भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्थानीयले खबर गरेका थिए।
खबर प्राप्तपछि प्रहरी टोली घटनास्थल पुग्यो। र, घटनास्थल सिल गरेर सुरक्षित राख्यो। घटनाको अनुसन्धान गर्न एक नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धान टोली खटिएको थियो।
घटनामा संलग्नको खोजीका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट ‘डग’ शाखाको केनाइन टोली पनि घटनास्थलमा परिचालन भयो।
.jpg)
अनुसन्धान टोलीले मृतक गोमन सिंह मगर गत मंगलबार साँझको अन्दाजी साढे ६ बजे “साथीलाई भेट्न जान्छु” भनी निस्केको र सम्पर्कविहीन भएको जानकारी पायो।
अन्तत: घटनाको तीन दिनपछि अर्थात् शुक्रबार गोमन सिंहकै मिल्ने साथी मनकुमार पक्राउ परे।
“मृतक गोमन सिंहलाई अर्जेन्ट छ भन्दै बोलाउने को भन्दै अनुसन्धान गर्यौं, उक्त फोन पहिले मृतकले नै चलाएको रहेछ, दुई दिन हामीलाई घटनाको बेला कसले चलायो त भन्ने छुट्याउन समय लाग्यो, अन्तत: गोमन सिंहकै साथी मनकुमारले चलाएको अनुसन्धानमा खुल्यो।”, कोइरालाले भने।
उनका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको कारण आर्थिक कारोबारमा भएको असमझदारीपछिको मनमुटावले सो घटना भएको खुलेको छ।
झापा प्रहरीले कर्तव्य ज्यान मुद्दामा आज जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप अनुमति दिने तयारी गरेको छ।
मनकुमारले गरेको कसूर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद-१२ ज्यान सम्बन्धी कसूरको दफा १७७ बमोजिम रहेको प्रहरीले जनाएको छ। यदि, अदालतले दोषी ठहर्याए अवस्थामा जन्मकैदसम्मको सजाय हुने उक्त दफाको कसुरमा उल्लेख छ।
" /> काठमाडौं । गोमन सिंह मगर (२९) र मनकुमार लिम्बू (३२) दिनरात नछुट्टिने मिल्ने साथी हुन्। मनकुमार शिवसाताक्षी नगरपालिका-८ का हुन् भने गोमन सिंहको घर वडा नम्बर ११ मा पर्छ।सानैदेखि नङमासुको झै सम्बन्ध भएका मनकुमार र गोमन सिंह वैदेशिक रोजगारीको सिलसिलामा सँगै बहराइन गएका थिए। बहराइनमा सँगै बसेका उनीहरू घर फर्किँदा पनि सँगै फर्किए। उनीहरू स्वदेश फर्किएको पनि धेरै भएको थिएन।

">