काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले द्वन्द्व प्रभावित चार मुलुकमा अनिकाल अर्थात् खाद्य असुरक्षा पैदा हुने चेतावनी दिएका छन्। उनले कंगो, यमन, दक्षिणी सुडान तथा पूर्वोत्तर नाइजेरियामा अनिकाल पर्न सक्ने हुनाले लाखौं मानिसको जिन्दगी खतरामा रहेको बताएका हुन्।
महासचिव गुटारेसले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्लाई पठाएको नोटमा चार देश संसारकै सबैभन्दा बढी खाद्य असुरक्षायुक्त देश भएको जनाएका छन्। उक्त नोटको प्रति शुक्रबार एपीलाई प्राप्त भएको थियो।
उनले यो चेतावनी हालैको खाद्य सुरक्षा विश्लेषण-२०२० मा आधारित रहेर दिएका हुन्। खाद्य संकट नियन्त्रणका लागि छुट्याइएको बजेट निकै कम रहेको पनि उनले बताएका छन्।
गुटारेसले भने, ‘‘अब कारबाही गर्नु जरुरी छ। वर्षौंदेखि सशस्त्र संघर्षले घेरिएका कंगो, यमन, पूर्वोत्तर नाइजेरिया र दक्षिणी सुडानमा एक पटक पुनः गम्भीर खाद्य संकट पर्न लागेको छ र त्यहाँका नागरिक अनिकालको सामना गर्न बाध्य छन्।’’
संयुक्त राष्ट्र संघ प्रमुखले सोमालिया, बुर्किना फासो तथा अफगानिस्तानसहित अन्य द्वन्द्वग्रस्त मुलुकमा भने खाद्य संकटमा केही गिरावट आएको बताए। राष्ट्र संघका मानवीय सहायता प्रमुख मार्क लोकार्क भन्छन्, ‘‘कोरोना महामारीले अर्थव्यवस्थामा गिरावट आएको छ। यसको सबैभन्दा बढी असर खाद्य सुरक्षा र कृषि उत्पादनमा पर्न गएको छ। चरमपन्थीहरूले यो अवस्थाको फाइदा उठाउन सक्छन्।’’ एजेन्सी
" /> काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले द्वन्द्व प्रभावित चार मुलुकमा अनिकाल अर्थात् खाद्य असुरक्षा पैदा हुने चेतावनी दिएका छन्। उनले कंगो, यमन, दक्षिणी सुडान तथा पूर्वोत्तर नाइजेरियामा अनिकाल पर्न सक्ने हुनाले लाखौं मानिसको जिन्दगी खतरामा रहेको बताएका हुन्।महासचिव गुटारेसले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्लाई पठाएको नोटमा चार देश संसारकै सबैभन्दा बढी खाद्य असुरक्षायुक्त देश भएको जनाएका छन्। उक्त नोटको प्रति शुक्रबार एपीलाई प्राप्त भएको थियो।

">