काठमाडौं। फेसबुकले अत्यन्तै दूर्लभ तथा निको नहुने रोग लागेका एक फ्रान्सेली नागरिकले गरेको आफ्नो मृत्युको लाइभस्ट्रिम रोकेको छ।
पछिल्लो ३४ वर्षदेखि डिजेनेरेटिभ डिजिजबाट पीडित रहँदै आएका ५७ वर्षे एलिन ककले आफ्नो मृत्युको दृष्य प्रत्यक्ष प्रशारण गर्न अर्को विकल्प खोज्ने बताएका छन्। खानपिन तथा औषधि सेवन गर्न छोडेका ककले आफू मर्दासम्मका सबै दृष्य प्रत्यक्ष प्रशारण गरेर फ्रान्समा मेडिकल सहयोग लिएर इच्छा मृत्यु गर्न नपाउने कानून संशोधन गर्न प्रशासनलाई दबाब पुग्ने विश्वास लिएका छन्।
“हामी यो अत्यन्तै महत्वपूर्ण विषयमा ककले उठाएका विचारको सम्मान गर्छौं। तर विज्ञहरुले ‘यस्तो दृष्य देखाउँदा आत्महत्यामा वृद्धि हुन सक्ने र कमजोर मन भएका तथा विरक्तिएका मानिसलाई आत्महत्याका लागि प्रेरित गर्ने’ भन्दै दिएको सल्लाहअनुसार हामीले उनको फेसबुक अकाउण्ट ब्लक गरेका छौं,” फेसबुकले एक विज्ञप्ति जारी गरेर भनेको छ।
शनिबार विहानदेखि ‘मृत्युको यात्रा’ फेसबुकमा प्रत्यक्ष प्रशारण गर्दै आएका ककले आइतबार साँझसम्ममा अर्को विकल्प खोजिसक्ने बताएका छन्। फेसबुकले शनिबार राति उनको अकाउण्ट ब्लक गरेको थियो।
इच्छामृत्युको अनुरोध राष्ट्रपति इमानुअल म्याक्रोबाट अस्विकृत भएपछि शनिबार विहानदेखि उनले खाना, पानी तथा औषधी खान अस्विकार गर्दै मृत्यु कुरिरहेको दृष्य सामाजिक सञ्जालमा लाइभस्ट्रिमिङ गरिरहेका थिए।
“मैले जीवनको अन्तिम खाना खाएँ...स्वास्थ्यका लागि भनेर अन्तिम पटक पानी पनि पिएँ। मुक्तिको बाटो शुरू भएको छ। मेरो विश्वास गर्नुस, म निक्कै खुशी छु,” पूर्वी फ्रान्सस्थित डिजोनमा रहेको आफ्नै घरमा मेडिकल बेडमा सुतिरहेका ककले फेसबुकमा पोष्ट गरेको भिडिओमा शनिबार भनेका थिए, “मैले मनस्थिति बनाइसकेको छु र म शान्तिमा छु।”
पछिल्लो ३४ वर्षदेखि डिजेनेरेटिभ डिजिजबाट पीडित रहँदै आएका ककले अत्यन्तै पीडा भएपछि राष्ट्रपति इमानुअल म्याक्रोलाई इच्छामृत्युवरण गर्न अनुमति मागेर पत्र लेखेका थिए। तर, राष्ट्रपतिले फ्रान्सेली कानूनअनुसार त्यस्तो अनुमति दिन नसकिने भन्दै पत्र फर्काएका थिए।
फ्रान्सका छिमेकी देशहरू स्विट्जरल्यान्ड, बेल्जियम र नेदरल्यान्ड्समा विशेष अवस्थामा चिकित्सकीय सहयोगबाट मृत्युवरण गर्न पाउने कानून छ। तर फ्रान्सले भने क्याथोलिक चर्चको दबाबका कारण अहिलेसम्म त्यस्तो कानून लागु गरिसकेको छैन।
“म कानूनभन्दा माथि छैन, त्यसैले यो अनुरोधमा स्विकृति दिन सक्दिन,” म्याक्रोले ककलाई लेखेको पत्रमा उल्लेख छ, “मृत्युका लागि सक्रिय सहयोगका लागि तपाईंले अनुरोध गर्नुभएको छ। तर हाम्रो देशमा कानुनले त्यसलाई अनुमति दिँदैन।”
म्याक्रोले लेखेको यो पत्र ककले आफ्नो फेसबुक पेजमा पनि राखेका थिए।
" /> काठमाडौं। फेसबुकले अत्यन्तै दूर्लभ तथा निको नहुने रोग लागेका एक फ्रान्सेली नागरिकले गरेको आफ्नो मृत्युको लाइभस्ट्रिम रोकेको छ।पछिल्लो ३४ वर्षदेखि डिजेनेरेटिभ डिजिजबाट पीडित रहँदै आएका ५७ वर्षे एलिन ककले आफ्नो मृत्युको दृष्य प्रत्यक्ष प्रशारण गर्न अर्को विकल्प खोज्ने बताएका छन्। खानपिन तथा औषधि सेवन गर्न छोडेका ककले आफू मर्दासम्मका सबै दृष्य प्रत्यक्ष प्रशारण गरेर फ्रान्समा मेडिकल सहयोग लिएर इच्छा मृत्यु गर्न नपाउने कानून संशोधन गर्न प्रशासनलाई दबाब पुग्ने विश्वास लिएका छन्।

">