काठमाडौं। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–५ स्थित तारखाना पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मोटरसाइकल चालक सप्तरीकै सुरूङगा नगरपालिका–७ का २३ वर्षीय गायाप्रसाद चौधरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा युनिक अस्पताल रूपनीमा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ।
गएराति सवा १० बजे स १० प ५४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
" /> काठमाडौं। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–५ स्थित तारखाना पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मोटरसाइकल चालक सप्तरीकै सुरूङगा नगरपालिका–७ का २३ वर्षीय गायाप्रसाद चौधरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

">