वीरगञ्ज। पर्सामा गाँजा र खैरो हेरोइनसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
बीआर २२ एक्यू ०४१३ नम्बरको मोटरसाइकलमा सवार छिपहरमाई गाउँपालिका-२ का ३५ वर्षीय गोखुल महत्तो केवट र २० वर्षीय सुजित महत्तो केवटको साथबाट ५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
त्यस्तै वीरगञ्ज नगरपालिका-२८ का २० वर्षीय रुपेश सहनीको घर खानतलासी गर्ने क्रममा १० किलो गाँजा बरामद गरिएको छ।
वीरगञ्जकै १६ नम्बर वडास्थित रजतजयन्ती चोकबाट ४ ग्राम लागु औषध खैरो हेरोइनसहित वडा नम्बर २४ का २० वर्षीय शिव साह कानु र वडा नम्बर १६ का २० वर्षीय छोटु पाण्डेलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
" /> वीरगञ्ज। पर्सामा गाँजा र खैरो हेरोइनसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।बीआर २२ एक्यू ०४१३ नम्बरको मोटरसाइकलमा सवार छिपहरमाई गाउँपालिका-२ का ३५ वर्षीय गोखुल महत्तो केवट र २० वर्षीय सुजित महत्तो केवटको साथबाट ५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

">