स्थानीय युवाहरुको सक्रियतामा कीर्तिपुरमा रक्तदान

काठमाडौं। नेपाल रेडक्रस समाज कीर्तिपुर उपशाखा, ब्लोदान कीर्तिपुर नगर समिति र नयाँ बजार क्लब कीर्तिपुरको संयुक्त आयोजनामा तीन दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“कोरोना महामारीले गर्दा रगतको चरम अभाव भएपछि हामीले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हौं,” नेपाल रेडक्रस समाज कीर्तिपुर उपशाखाका सदस्य एवं ब्लोदान कीर्तिपुर नगर समितिको उपाध्यक्ष मुरारी बिष्टले देखापढीलाई बताए।

रक्तदान कार्यक्रमलाई कीर्तिपुर नगरपालिकाले पनि सघाएको थियो।

विष्टका अनुसार तीन दिन भित्र कीर्तिपुर नगरपालिकाका ९ स्थानमा रक्तदान कार्यक्रम गरिएको थियो। ‘कोभिड–१९ आकस्मिक घरदैलो रक्तदान कार्यक्रम, २०७७’ मा जारी निषेधाज्ञाका बीच पनि उल्लेख्य रुपमा रगत दान गर्नेहरुको सहभागीता भएको थियो।

“रक्तदान कार्यक्रममा २३६ पुरूष र ६६ महिला गरि जम्मा ३०२ जना स्वयंसेवीले रक्तदान गर्नु भएको छ,” विष्टले बताए।

रक्तदान कार्यक्रममा कीर्तिपुर नगरपालिकाको ज्वालादेवी, भत्केपाटी, सल्यानस्थान, पागाँ, सोह्रखुट्टे, चिखु बिहार, जलविनायक, टौदह र छाप लनगोलका स्थानियले उत्साहजनक रुपमा उपस्थिति जनाएका थिए।

तीन दिन रक्तदान कार्यक्रमा गरेर संकलन गरेको ३०२ पिन्ट रगत ललितपुर र भक्तपुर ब्लड बैंकलाई बुझाइएको छ। रक्तदाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र दिइएको थियो।

“रगतको चरम हुँदा विरामीहरुको सल्यक्रिया हुन सकेन भन्ने जस्ता समाचार पढेपछि हामी गम्भिर भयौं। र यस्तो बेला केही गनुपर्छ भनेर रक्तादान कार्यक्रम आयोजना गरी रगत संकलन गरेर सम्बन्धित निकायलाई बुझाएका हौं,” विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्