फ्रान्सका छिमेकी देशहरु स्विट्जरल्यान्ड, बेल्जियम र नेदरल्यान्ड्समा विशेष अवस्थामा चिकित्सकीय सहयोगबाट मृत्युवरण गर्न पाउने कानुन छ। तर फ्रान्सले भने क्याथोलिक चर्चको दबाबका कारण अहिलेसम्म त्यस्तो कानुन लागु गरिसकेको छैन।
“म कानुनभन्दा माथि छैन, त्यसैले यो अनुरोधमा स्विकृति दिन सक्दिन,” म्याक्रोले ककलाई लेखेको पत्रमा उल्लेख छ, “मृत्युका लागि सक्रिय सहयोगका लागि तपाईले अनुरोध गर्नुभएको छ। तर हाम्रो देशमा कानुनले त्यसलाई अनुमति दिँदैन।”
म्याक्रोले लेखेको यो पत्र ककले आफ्नो फेसबुक पेजमा पनि राखेका छन्।
ककले आफूजस्ता विरामीका लागि इच्छामृत्यु वरण गर्न पाउने खालको कानुन बनाउन पनि राष्ट्रपतिलाई अनुरोध गरेका थिए। जसमा म्याक्रोले आफूलाई ककप्रति सहानुभूति रहेको र उनको भावनाको सम्मान गर्ने बताएका थिए।

फ्रान्समा आफ्नै मृत्युको 'लाइभस्ट्रिमिङ' गर्दै एक विरामी: Dekhapadhi
फ्रान्समा आफ्नै मृत्युको 'लाइभस्ट्रिमिङ' गर्दै एक विरामी

एजेन्सी। अत्यन्तै दूर्लभ तथा निको नहुने रोग लागेका एक फ्रान्सेली नागरिकले इच्छामृत्युको अनुरोध राष्ट्रपति इमानुअल म्याक्रोबाट अस्विकृत भएपछि खाना, पानी तथा औषधी खान अस्विकार गर्दै मृत्यु कुरिरहेको द‍ृष्य सामाजिक सञ्जालमा लाइभस्ट्रिमिङ गरिरहेका छन्।

पछिल्लो ३४ वर्षदेखि डिजेनेरेटिभ डिजिजबाट पीडित रहँदै आएका ५७ वर्षे एलिन ककले आफ्नो मृत्युको द‍ृष्य फेसबुकबाट लाइभस्ट्रिम गर्ने भन्दै शनिबारबाट सुरु गरेका छन्।

“मैले जीवनको अन्तिम खाना खाएँ...स्वास्थ्यका लागि भनेर अन्तिम पटक पानी पनि पिएँ। मुक्तिको बाटो सुरु भएको छ। मेरो विश्वास गर्नुस, म निक्कै खुसी छु,” पूर्वी फ्रान्सस्थित डिजोनमा रहेको आफ्नै घरमा मेडिकल बेडमा सुतिरहेका ककले फेसबुकमा पोष्ट गरेको भिडिओमा भनेका छन्, “मैले मनस्थिती बनाइसकेको छु र म शान्तिमा छु।”

रोगका कारण अत्यन्तै पीडा भएपछि ककले राष्ट्रपति इमानुअल म्याक्रोलाई इच्छामृत्युवरण गर्न अनुमति मागेर पत्र लेखेका थिए। तर राष्ट्रपतिले फ्रान्सेली कानुनअनुसार त्यस्तो अनुमति दिन नसकिने भन्दै पत्र फर्काएका थिए।