विभिन्न मुद्दाका चार दोषी पक्राउ
कैलाली। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले वन मुद्दामा फरार ४ जना दोषीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय केवल राना, जोशीपुर गाउँपालिका-२ बस्नेहरु ३० वर्षीय ईश्वर डगौरा, ४१ वर्षीय कृष्ण प्रसाद डगौरा र ५८ वर्षीय हरि कुमाल डगौरा रहेका छन्।

उनीहरूमध्ये केवल रानामाथि जिल्ला अदालत कैलालीको २०७१ पुस १३ गतेको फैसलाले ६१ हजार ८ सय ४० रुपैयाँ जरिवाना तथा अन्य ३ जनालाई २०७२ जेठ २१ गतेको फैसलाले जनही ६७ हजार ८ सय ३४ रुपैयाँ जरिवाना ठहर भएको थियो।

यसैगरी जिल्ला अदालत कैलालीको २०७२ जेठ १० गतेको फैसलाले चोरी मुद्दामा १ लाख ३० हजार जरिवाना ठहर भई फरार रहेका प्रतिवादी भजनी नगरपालिका-३ बस्ने शुभम अग्रवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई आ-आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्