बलात्कारको आरोपमा दुई जना पक्राउ
कञ्चनपुर। बेदकोट नगरपालिका-३ का दुई जनालाई सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन्। स्थानीय महिलालाई सामूहिकरुपमा बलात्कार गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए।

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन्। महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए।

घर आएका बेला दुवै जना पक्राउ परेका हुन्। दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्