मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, दर्जनौ घाइते
सिन्ह्वा। बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो।

डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन्। डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए।

घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन्। स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएको बताएका छन्।

घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए। घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्