कैलाली। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो पारिएको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञालाई खुकुलो बनाएका हुन्।
यसअघि भदौ ४ गतेदेखि १४ गते र थप १४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आजदेखि भदौ ३१ गतेसम्म लागू हुनेगरी खुकुलो पारेर निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
प्रमुख जिल्ला अधिकारी बोहराले जारी गरेको आदेशअनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभर जोरबिजोर प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। सार्वजनिक सवारीसाधनमा ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइनेछ।
सिटी रिक्सा र अटोको हकमा जोरबिजोर प्रणालीअनुसार यातायात मापदण्ड पूरा गरी बढीमा दुई जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ। खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरी, कपडा पसललगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइनेछ।

होटल तथा रेस्टुरेण्टले भने होम डेलीभरी गर्नुपर्ने छ। व्यापार व्यवसाय बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गराइ भीडभाड नहुनेगरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
निषेधाज्ञा खुकुलो पारे पनि आज बजारमा भीड देखिँदैन। बिहानैदेखि खुलेका पसलहरुमा किनमेल गर्नेहरू नआएपछि पसल बन्द गर्न लागेको ब्यापारीहरुले बताएका छन्।
" /> कैलाली। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो पारिएको छ।यसअघि भदौ ४ गतेदेखि १४ गते र थप १४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आजदेखि भदौ ३१ गतेसम्म लागू हुनेगरी खुकुलो पारेर निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

">