लहान। सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका-५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा गएराति 'अन टेस्ट' नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका-५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकाेमा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। रासस
" /> लहान। सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका-५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा गएराति 'अन टेस्ट' नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

">