काठमाडौं। रूसले सामरिक स्थिरता तथा हतियार नियन्त्रण विषयमा छलफलका लागि अमेरिकालाई प्रस्ताव राखेको छ। वासिङ्टनस्थित रूसी दूतावासका राजदूत एनटोली एन्टोनोभले यो जानकारी दिएका हुन्।
उनले भने, ‘‘हामी अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी डा. राब्टर सुफरसँग दूतावास वा उनी जुन स्थानमा भन्छन् त्यहीँ भेट्न चाहन्छौं। उनीसँग आमनेसामने बसेर संवाद गर्न चाहन्छौं। यसो गर्दा सामरिक स्थिरता र हतियार नियन्त्रणका लागि हाम्रो उत्तरदायी दृष्टिकोण प्रस्तुत गर्न फलदायी हुनेछ।’’
उनले अमेरिकाले परमाणु नियन्त्रणका लागि चालेका कतिपय कदमउचित नभएको टिप्पणी पनि गरे। उनले अमेरिकालाई जुन २ तारिखका दिन प्रकाशित रूसी दस्तावेज अध्ययन गर्न सुझावसमेत दिए।
उनले भने, ‘‘यो दस्तावेजले हाम्रो परमाणु नीतिको विशेष रक्षात्मक प्रकृतिलाई पुष्टि गर्छ। साथै, यसमा परमाणु हतियारको उपयोगबारे शर्तहरू स्पष्ट ढंगमा उल्लेख छ।’’ एजेन्सी
" /> काठमाडौं। रूसले सामरिक स्थिरता तथा हतियार नियन्त्रण विषयमा छलफलका लागि अमेरिकालाई प्रस्ताव राखेको छ। वासिङ्टनस्थित रूसी दूतावासका राजदूत एनटोली एन्टोनोभले यो जानकारी दिएका हुन्।उनले भने, ‘‘हामी अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी डा. राब्टर सुफरसँग दूतावास वा उनी जुन स्थानमा भन्छन् त्यहीँ भेट्न चाहन्छौं। उनीसँग आमनेसामने बसेर संवाद गर्न चाहन्छौं। यसो गर्दा सामरिक स्थिरता र हतियार नियन्त्रणका लागि हाम्रो उत्तरदायी दृष्टिकोण प्रस्तुत गर्न फलदायी हुनेछ।’’

">