गलकोट। बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्र नभई ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ।
बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए। बाढीले ढोरपाटन नगरपालिका-७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ।
भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ।
ढोरपाटन नगरपालिका-९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो। बाढीका कारण ढोरपाटन-९ मा जम्मा ७३ घर र ढोरपाटन-८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको छ। पूर्ण तथा आंशिक रूपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन्।
यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्याएको ढोरपाटन नगरपालिकाले जनाएको छ।
ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी स्थानको सडक बगाएको छ। रासस
" /> गलकोट। बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्र नभई ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ।बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए। बाढीले ढोरपाटन नगरपालिका-७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ।

">