क्रसर उद्योगको मापदण्ड पालनामा कडाई <p>कास्की। गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्डविपरीत सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारवालालाई जिम्मेवार बनाउने भएको छ।</p> <p>समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताए।</p> <p>&ldquo;प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नवीकरण नभएको गुनासा आएका छन्,&rdquo; कोइरालाले भने,&ldquo;क्रसर उद्योगलाई मापदण्ड पालना गराउनेबारेमा सबै समन्वय प्रमुखसँग छलफल गर्नेछौँ।&rdquo;</p> <p>बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा, भागवत प्रकाश मल्ल, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा र सरिता गुरुङले आ-आफ्नो जिल्लामा क्रसर उद्योग र अवस्थाबारे जानकारी दिएका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्