भोलिदेखि ललितपुर महानगरभित्र ५ जनाभन्दा बढी भेला हुन नपाउने

ललितपुर। भोलिदेखि ललितपुर महानगरपालिका क्षेत्रभित्र थप कडाई गरिने भएको छ। २६ गतेसम्म बिहान ५ बजेदेखि राति १: बजेसम्म ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी मानिसहरू जम्मा हुन रोक लगाइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको आदेशमा रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा ५ जना भन्दा बढी मानिसहरूलाई भेला हुन रोक लगाइएको हो।

रथ राखिएको क्षेत्रको पूर्वमा मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तरमा बखुण्डोल चोक, श्री मिन नाथको रथ रहेको आसपास क्षेत्रभित्र यस्तो आदेश जारी गरिएको हो।

त्यस्तै पूर्वमा मंगलबजार चोक, पश्चिममा मदन स्मारक स्कुल अगाडीको चोक, दक्षिणमा पूर्णचण्डि मन्दिर, उत्तरमा पिमवहालमा २६ गते राति १० बजेसम्मका लागि ५ जना भन्दा बढी भेला भएको खण्डमा कानून अनुसार कारवाही गरिने चेतावनी दिइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्