वैकल्पिक कक्षा शैक्षिक सत्रमा गणना गरिने, ६ महिना मात्र पढाई
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने गृहकार्य अगाडि बढाएको छ। गत असार १ गतेदेखि देशभर सञ्चालनमा आएको वैकल्पिक शिक्षण सिकाईलाई शैक्षिक सत्रमा गणना गर्ने गरी तयारी थालेको हो।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शैक्षिक सत्रको साढे चार महिना बितिसकेकाले अहिलेको अवस्थामा पाठ्यक्रमलाई यथावत राखेर अगाडि बढ्न नसकिने बताएका छन्। आज आयोजित भर्चुअल कार्यक्रममार्फत मन्त्री पोखरेलले बाँकी रहेको ६ महिनामा पाठ्यभार घटाएर वैकल्पिक शिकाईमा माध्यमलाई थप प्रभावकारी बनाएर अगाडि बढिने बताए।

“हाल सञ्चालित वैकल्पिक सिकाइका विभिन्न माध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गता भएका, दूर्गम क्षेत्रमाबसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमा कार्य गर्ने गरी एक कार्य योजनाको मातहत कार्यक्रम सञ्चालन गरिनेछ,” मन्त्री पोखरेलले भने।

“अब पाठ्यभार घटाएर अगाडि बढ्नु पर्छ। अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यव्रmमको संश्लेषित कार्यढाँचा निर्माणको काम जारी छ,” उनले भने, “यसकालागि विषयगत टोलीहरुले कार्य प्रारम्भ भइसकेको छ। र, यर्स भदौ महिनाभित्र संश्लेषित पाठ्यक्रम विद्यालयहरुलाई उपलब्ध गराईने छ।”

अनलाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्ने गरेको उनले बताए।

“अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ रेडियो पाठशाला, टेभिजन शिक्षण र भर्चुअल कक्षा गरी चार वटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो,” उनले भने, “होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामिण तथा विकट क्षेत्रहरुमा उपयोगी भइरहेको छन्।”

विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थी सम्म पुग्नुको विकल्प नरहेको उनको भनाई छ। घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्ने र विद्यार्थीले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन–कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउन मन्त्री पोखरेलले सुझाएका छन्।

शिक्षकहरूले टेलिफोनबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्ने, टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कामहरु गर्न आग्रह गरेका छन्।
विश्वविद्यालयका उपकुलपतिहरुलाई कम्तिमा पनि ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन दिईसकेको भन्दै सोहीअनुसारको कार्यतालिका मन्त्रालयमा पठाईसकेको बताए। त्यसलाई विद्यार्थीका लागि सार्वजनिक गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन्। उच्चशिक्षाको हकमा पनि पाठ्यव्रmम कस्टोमाइजेसन गर्न विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरुले छलफल गरी उचित निर्णय लिन समेत आग्रह गरे।

निजी विद्यालयले सञ्चालन गरेको वैकल्पिक सिकाइका कार्यव्रmम तथा त्यस्ता विद्यालयका शिक्षक तलबलगायतका समस्याहल हुनेगरी शुल्कसीमा निर्धाण गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गरेका छन्।

शिक्षकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रव्रिmया अघि बढिसकेको उनको भनाई छ।

कार्यरत विद्यालय रहेको जिल्ला भन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालय सम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्ने र विद्यालय रहेको स्थानीय तहले त्यस्ता शिक्षकलाई १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्