कोभिड–१९ को अर्थ ठूलो आर्थिक परिवर्तन हो। यसले हामी कहाँ र कसरी काम गर्छौं भन्नेदेखि लिएर कसले, कहाँ काम पायो भन्नेसम्मको अर्थ राख्छ। हामी यदि अब कार्यालयमा फर्कन्छौं भने कहाँ बस्ने भन्ने पनि अर्थपूर्ण छ। तर कोरोना महामारीको संकटले हाम्रो व्यक्तिगत जीवनमा ठूलो उतारचढाव ल्याइदिएको छ। यसले हामीमा तनाव उत्पन्न गराउन ठूलो भूमिका खेलिरहेको छ।
हालै गरिएका विभिन्न शोध–अनुसन्धानहरुले हाम्रो मानसिक स्वास्थ्यका लागि यो संकटले पैदा गरिदिएको चुनौतीको आकार डर लाग्दो रहेको देखाएका छन्। बेलायतको आँकडाबाट थाहा हुन्छ, हामीमध्ये २० प्रतिशतमा अवसाद (डिप्रेसन)को अवस्था छ, महामारीको मापदण्डभन्दा त्यो खतरा दोब्बर हुन पुगेको छ।
यसको अर्थ ठूलो र गम्भीर छ। हामीलाई थाहा छ कि, खराब मानसिक स्वास्थ्य र दुःखले हामीलाई कम उत्पादनशील बनाइदिन्छ। त्यतिमात्र होइन, यसले हाम्रा नातासम्बन्धलाई टुटाउनसमेत योगदान गर्छ। महामारीबाट हरेक मानिस प्रभावित हुन्छन्, तर सबै उही र उस्तै तहमा प्रभावित हुँदैनन्। १६ देखि ३९ वर्षको उमेर समूहका मानिसमा अवसादको सम्भावना ३० प्रतिशत रहेको शोधले देखाएको छ।
जर्मनीमा भएको शोधले हामीलाई यसको भित्री पाटो देखाउँछ, माता–पिता र गैर माता–पितामा समेत महामारीको प्रभाव परेको छ। माता–पिता र गैर माता–पितामा यो संकटपूर्वको अवस्था फरक थियो। तर अहिले जब आफ्ना बालबालिका विद्यालय जान पाएका छैनन्, चाइल्डकेयरहरु बन्द छन्, त्यसपछि माता–पितामा अवसादको अवस्था ह्वात्तै बढेको देखिएको छ।
यसमा पनि तुलनात्मक रुपमा आमाहरुको अवस्था थप भयावह देखिएको छ। बृहत् शोधबाट के पत्ता लागेको छ भने, पिताको तुलनामा माताको जागिर कम गुमेको छ। बालबच्चाको हेरचाहमा पिताको तुलनामा माता बढी खटिएका हुन्छन्। अहिले लकडाउनमा माता नै बढीमात्रामा बालबच्चाको नजिक छन्, त्यसैले बढी समस्यामा उनीहरु नै परेका छन्।
हाम्रा बालबालिकाका विद्यालय बन्द हुँदा तिनको भविष्यप्रति चिन्ता बढेको छ। अहिले यो साता कतिपय देशमा विद्यालयहरु खोलिएका छन्, तर माता–पिता यो अवस्थामा आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्दा पनि उत्तिकै चिन्तित छन्, विशेषगरी आमाहरु।
(बेल रिजोलुसन फाउन्डेसनका प्रमुख कार्यकारी हुन्। दि गार्जियनबाट अनुदित तथा सम्पादित।)