काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको निषेधाज्ञाको समयमा स्थानीय प्रशासन र रथ तान्न आएको समूहबीच भएको विवाद र त्यसपछि निम्तिएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका हुन्।

‘‘ललितपुरमै जन्मी हुर्किएको म रातो मच्छिन्द्रनाथलगायत यहाँ मनाइने सम्पूर्ण जात्रासँग चीरपरिचित रहेको छु। धर्म, संस्कृति, जात्रा, परम्परा जोगाउने नाममा हिजो मध्यान्ह भएको घटनाले मलाई मर्माहित बनाएको छ,’’ विज्ञप्तिमा भनिएको छ।

उनले थप भनेका छन्, ‘‘करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो मच्छिन्द्रनाथको रथलाई स्थानीय सरकार र प्रशासनलाई जानकारी नै नदिई बिना योजना अशोभनीय ढंगबाट तान्ने प्रयास गरिनुले संस्कृति र सम्पदाप्रेमी सबैको मन नराम्रोसँग दुखाएको मेरो ठम्याई छ।’’

हिंसात्मक ढंगबाट वातावरणलाई धमिलो बनाउने उद्देश्यका साथ गरिएको उक्त घटनापछि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रातो मच्छिन्द्रनाथको जात्रालाई सांकेतिक रूपमा भदौ २६ सम्म सम्पन्न गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन्।

रातो मच्छिन्द्रनाथको रथ बनाउने र तान्ने प्रक्रियामा ललितपुर महानगरपालिकाको भूमिका नहुनेसमेत प्रमुख महर्जनले उल्लेख गरेका छन्। कोभिड-१९का बेला स्वास्थ्य सतर्कता अपनाउन भक्तजनहरूको व्यवस्थापन र जात्राको लागि महानगरपालिकाले ‘लजिस्टिक सपोर्ट’ मात्र गर्न खोजेको उनले विज्ञप्तिमा जनाएका छन्।

‘‘ललितपुर महानगरपालिका कला, धर्मसंस्कृति, सम्पदा, जात्रालगायतका अन्य परम्पराले सम्पन्न सहर हो। हामी हाम्रा यी अमूल्य निधिको संरक्षण तथा सम्मानका लागि संयमित बन्नुपर्छ,’’ महानगरप्रमुख महर्जनको भनाइ छ, ‘‘यो संयमता प्रदर्शन गर्न नगरबासीसहित सबै संस्कृतिप्रेमी जनसमुदायमा आग्रह गर्दै यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछु।’’

" /> काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

"> जात्रा परम्परा जोगाउने नाममा भएको घटना दुःखद्: चिरीबाबु महर्जन: Dekhapadhi
जात्रा परम्परा जोगाउने नाममा भएको घटना दुःखद्: चिरीबाबु महर्जन

प्रतिक्रिया दिनुहोस्