पाँच जना मृत अवस्थामा फेला

काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। अछाम, मकवानपुर, बारा, सिन्धुली र महोत्तरीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ कैलाशखोलामा मंगलसेन नगरपालिका–९ ओलीगाउँ डाँडा बस्ने ३० वर्षीया रेश्मा कुँवर (रावल) शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

मकवानपुरको बकैया गाउँपालिका–६ गडुवान खोबिल्टो बस्ने ९ वर्षीय मनिष भोलन घरबाट २ किमि टाढा गडुवान खोला नजिकै झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बाराको बिश्रामपुर गाउँपालिका–३ स्थित पोखरीमा सोही ठाउँ बस्ने ४५ वर्षीय लक्ष्मण साह कलवार शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको मरीण गाउँपालिका–५ मरीण खोलाको बगरमा सोही गाउँपालिका–७ बाह्रबिसे बस्ने ५५ वर्षीय पूर्ण बहादुर माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको मनराशिश्वा नगरपालिका–१ बस्ने संजय साहको ६ वर्षीय छोरा आकाश साह घरबाट करिब ५ सय मिटर टाढा महादेव मठको सार्वजनिक पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्