सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु <p>रुपन्देही।&nbsp;गैडहवा गाउँपालिका&ndash;५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका&ndash;६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको छ।&nbsp;</p> <p>दुर्घटनामा गम्भीर घाइते भएका केवटको भीम अस्पताल भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३५ वर्षीया गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। &nbsp;</p> <p>दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्