स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ <p>बारा।&nbsp;प्रहरीले बारागढी गाउँपालिका&ndash;२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा रौतहट बिन्दावन नगरपालिका&ndash;२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जना छन्।&nbsp;</p> <p>ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।&nbsp;</p> <p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्