प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
<p>कैलाली। बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट प्रहरीलाई माथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका–२ बस्ने ३० वर्षीय को रमित साउद र लम्कीचुवा नगरपालिका–१० बस्ने ३६ वर्षीय दुर्योधन सुनार रहेका छन्। </p>
<p>उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरमा ल्याई सम्झाई बुझाई गर्दा उनीहरूले प्रहरीमाथि गाली गलौज तथा हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। </p>
<p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
