काठमाडौं। ललिपुरमा जारी कर्फ्युकै बीच रातो मच्छिन्द्रनाथ रथ तान्ने जात्राको क्षमा पूजा सम्पन्न गरिएको छ। पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको रथ राखिएको स्थानमा पुजारीहरू मात्र उपस्थित भई आज क्षमा पूजा गरिएको हो।
रातो मच्छिन्द्रनाथका पुजारी मालिका शाक्यले समयमा रथ तान्न नसकेपछि क्षमा पूजा गर्ने प्रचलन छ। तर, बिहीबार क्षमा पूजा नगरी रथ तानिएपछि अप्रिय घटना भएको उनले बताए। उक्त घटनाबारे आफूहरू अनभिज्ञ रहेको उनको भनाइ छ। ‘‘क्षमा पूजा नगरीकन रथ तान्न मिल्दैन। तर, हिजो क्षमा पूजा नगरी तानेपछि त्यस्तो घटना भयो। हिजो रथ तान्ने भन्ने हामीलाई केही थाहा थिएन, ज्यापु समाजलाई पनि थाहा थिएन,’’ शाक्यले भने।
बिहीबार रथ तान्ने व्यक्तिहरू स्थानीय नै भए पनि जात्रा व्यवस्थापन समितिसँग सम्बन्धित नभएको उनले बताए।‘‘गुठी संस्थानमा १ बजे बैठक थियो। त्यही बैठकको निर्णय कुरेर बसेका थियौं। तर, असम्बन्धित मान्छेहरू आएर रथ तान्ने काम भयो,’’ शाक्यले भने।
उनले बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयअनुसार भदौ २१ गते पुल्चोकको चोकसम्म रथ तानिनेछ। त्यहीँ नै ललितपुरको सबै जात्रा सम्पन्न गरिनेछ। ‘‘ज्योतिषहरूले २२ गते साइत हेरेर साइत निकालेको दिन रातो मच्छिन्द्रनाथको देउता बुङमति लैजाने निर्णय भएको छ,’’ उनले भने।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण कारण रोकिएको रथयात्रा सञ्चालन गर्न पाउनुपर्ने भन्दै युवाहरूको समूहले बिहीबार प्रदर्शन गर्नुका साथै सरोकारवालाको उपस्थितिबिनै रथ तानेर केही पर पुर्याएका थिए।
जिल्ला प्रशासन कार्यालयको निर्देशन र गुठी संस्थान तथा ज्यापु समाजलगायतको निर्णयबिना नै रथ तानेपछि प्रहरीले रोकेको थियो। त्यसक्रममा झडपसमेत भएको थियो।
बिहीबारको घटनापछि थप तनाव सिर्जना हुने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लागू गरेको छ।
" /> काठमाडौं। ललिपुरमा जारी कर्फ्युकै बीच रातो मच्छिन्द्रनाथ रथ तान्ने जात्राको क्षमा पूजा सम्पन्न गरिएको छ। पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको रथ राखिएको स्थानमा पुजारीहरू मात्र उपस्थित भई आज क्षमा पूजा गरिएको हो।रातो मच्छिन्द्रनाथका पुजारी मालिका शाक्यले समयमा रथ तान्न नसकेपछि क्षमा पूजा गर्ने प्रचलन छ। तर, बिहीबार क्षमा पूजा नगरी रथ तानिएपछि अप्रिय घटना भएको उनले बताए। उक्त घटनाबारे आफूहरू अनभिज्ञ रहेको उनको भनाइ छ। ‘‘क्षमा पूजा नगरीकन रथ तान्न मिल्दैन। तर, हिजो क्षमा पूजा नगरी तानेपछि त्यस्तो घटना भयो। हिजो रथ तान्ने भन्ने हामीलाई केही थाहा थिएन, ज्यापु समाजलाई पनि थाहा थिएन,’’ शाक्यले भने।

">