तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका-८ कटौजेस्थित ३१ वर्षीय बिबेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नगद १ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ र २ सय ९४ पत्ती तास सहित उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, बाजुराको बडिमालिका नगरपालिका–९ मार्तडीस्थित गौमुल गाउँपालिका–५ बस्ने धन बहादुर रोकायाको होटल हिलटपमा तास खेलिरहेको अवस्थामा रोकाया लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले १ गड्डी तास र नगद २७ हजार २ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्