सामुहिक बलात्कारको आरोपमा दुई जना पक्राउ, अन्यको खोजी जारी <p>सिराहा।&nbsp;२१ वर्षीया महिलालाई बलात्कार&nbsp;गरेको अभियोगमा गोलबजार नगरपालिका&ndash;१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>मुखियाँ&nbsp;लगायत पाँच जनाले भदौ १३ गते ती महिलालाई बलात्कार&nbsp;गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये दुई&nbsp;जनालाई पक्राउ गरेको हो।</p> <p>घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्