बहुविवाह मुद्दामा फरार महिला पक्राउ
<p>तनहुँ। बहुविवाह मुद्दामा फरार रहेकी प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३४ वर्षीया बिष्णुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>नेपाली बहुविवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकी थिइन्। जिल्ला अदालत तनहुँले २०७५ पुस १९ गते उनलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो।</p>
<p>त्यसपछि उनी फरार भएकी थिईन्। फरार रहेकी विष्णुमायालाई खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो।</p>
<p>विष्णुमायालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
