विभिन्न स्थानमा आगलागी, १४ लाखभन्दा बढीको धनमाल नष्ट

काठमाडौं। देशका विभिन्‍न स्थानमा आगलगाी हुँदा ठूलो धनमालको नष्ट भएको छ। सिन्धुली, सोलुखुम्बु र जुम्लामा भएका आगलागीका घटनामा ठूला क्षति भएको हो।

सिन्धुलीको तिनपाटन गाउँपालिका–१ छरछरे बस्ने २८ वर्षीय धन बहदुर भुजेलको फुसको छानो भएको कच्ची घर र सँगै रहेको गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घर र गोठ जल्दा करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–५ केल्चाक बस्ने पूर्णबहादुर राईको कच्ची घरमा बिहीबार आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–५ कृष्ण मन्दिर बजारस्थित देवेन्द्र राज शर्मा र नविनध्वोज खाँको जस्ताको छानो भएको सँगै जोडिएको ३ तले कच्ची घरमा शुक्रबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्