डाँका-चोरी मुद्दाका फरार व्यक्ति १६ वर्षपछि पक्राउ
कैलाली। चोरी मुद्दाका फरार प्रतिवादी गौरिगंगा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँ बस्ने ५० वर्षीय फूलपाती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई २०६६ असार २ गते जिल्ला अदालत कैलालीले ६ वर्ष कैद र  ४ चार हजार १४७ रूपैयाँ ६५ पैसा जरिवाना ठहर गरेको थियो।

जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो।

गौरिगंगा नगरपालिका-२ स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियारसहित आएको समूहले नगद तथा धनमाल चोरी गरेको थियो।

सोही घटना संलग्न उनीहरूलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएको थियो।

उनीहरू २०६१ साल माघ २७ गते  कैलाली कारागारबाट भागी फरार भएका थिए।

उनीहरूलाई आवश्यक कारबाहीका लागि  जिल्ला अदालत कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्