काठमाडौं। तनहुँको व्यास नगरपालिका-७, शेरास्थित सडकबाट १४ एम्पुल डाइजेपाम, १४ एम्पुल फेनारगन र १४ एम्पुल नोर्फिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१, गल्बुबेशी बस्ने २७ वर्षीय सन्तोष राणा, सोही नगरपालिका भादगाउँ बस्ने २१ वर्षीय सन्तोष कार्की र शुक्ला गण्डकी नगरपालिका-२ प्रगतिटोल बस्ने २३ वर्षीय आशिष श्रेष्ठ रहेका छन्।
उनीहरूलाई जिल्ला अदालत तनहुँबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
यस्तै सिराहाको भगवानपुर गाउँपालिका-१ स्थित सडकबाट करिब १२ केजी अवैध लागुऔषध गाँजा बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बोरा छाडी मानिस फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको हो।
घटनामा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" /> काठमाडौं। तनहुँको व्यास नगरपालिका-७, शेरास्थित सडकबाट १४ एम्पुल डाइजेपाम, १४ एम्पुल फेनारगन र १४ एम्पुल नोर्फिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१, गल्बुबेशी बस्ने २७ वर्षीय सन्तोष राणा, सोही नगरपालिका भादगाउँ बस्ने २१ वर्षीय सन्तोष कार्की र शुक्ला गण्डकी नगरपालिका-२ प्रगतिटोल बस्ने २३ वर्षीय आशिष श्रेष्ठ रहेका छन्।

">