मकवानपुरमा करेन्ट लागेर मृत्यु
<p style="text-align: justify;">मकवानपुर। घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि-६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ। <em>रासस</em></p>