काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले निषेधाज्ञाको समयमा केही व्यक्तिहरूले पासको दुरुपयोग गरी सवारीसाधन चलाएको बताएका छन्। पासको दुरुपयोग मामिलामा कुनै पनि बहानावाजी नचल्ने समेत उनले स्पष्ट पारेका छन्।
आज देखापढीसँग कुरा गर्दै ढकालले भने, “केही मानिसहरू करोडौको गाडीमा प्रेसको नक्कली कार्ड बोकेर हिडिरहेका छन्, कोही अतिआवश्यक भन्दै आवश्यक नभएको ठाउँमा दौडिएका छन्, तर यो ट्राफिक प्रहरीबाट छल्न सम्भव छैन्।”
सडक नियम पालना नगरे अब १० हजारसम्म जरीवाना र कानून अनुसार सजाय हुने उनले जनाए।
“सडकमा न कोही भीआईपी हुन्छ न कोही पहुँचवाला। विगतमा जस्तो ठूलाबडाको नाम लिएर ट्राफिक नियम नमान्ने चलन छैन्। हामीले भ्यान हेर्छौ, सवारी साधन हेर्छौ तर त्यो सवारी साधनभित्र को बसेको छ भन्ने सरोकार हाम्रो लागि रहँदैन। हामीले सवारीसाधन नियम अनुसार चलेको छ कि छैन भन्ने हेर्ने गरेका छौ, गलत देखिएमा एउटा प्रहरी अधिकृत जवानले मन्त्रीको गाडीमाथि पनि कारबाही गरेको तपाईंहरुले सुन्नु भएकै होला। यो एउटा सुधार हो,” ढकालले भने।
.jpg)
जनताको निम्ति ट्राफिक प्रहरीले दैनिक १६ घण्टासम्म ड्युटी गरिरहेको उनले बताए। कोरोनाको जोखिममा सरकारले भनेका कुरा अटेर गरी नहिड्न पनि उनले सुझाव दिएका छन्। उनले थपे, “तपाईलाई साच्चीकै गारो भएको छ, अत्यावश्यक छ भने १०० र १०३ मा फोन गर्नुहोस, तपाइलाइ हामी उद्धार गर्नेदेखि गन्तव्यमा पुर्याउन के गर्नु पर्छ सबै गर्छौ। तर, नढाँट्नुहोस, तपाईंलाई अप्ठेरो पर्दा जस्तोसुकै सहयोग गर्न तयार रहने ट्राफिक प्रहरीले ढाँटेको भेटे तपाइलाई कारबाही पनि गर्नेछ।”
धेरै मानिसमा सरकारको लागि नियम पालना गरिदिदै छौं भन्ने भाव देखिएका कारण कोरोना संक्रमण बढ्दै गएको उनले बताए। कोरोनासँग नडराउन, सरकारका नियम पालना गर्न र भयवित नहुन उनको आग्रह छ।
“कोरोना संक्रमणलाई ध्यानमा राखेर अहिले मापसे जाँच गर्न छाडेका छौ। कसैको परिचयपत्र हेर्दा हात लगाउन छोडिएको छ। उपत्याकाका २३ स्थानमा ट्राफिक डमि राखेका छौ। जसमा कोरोना संक्रमण बाट कसरी बच्ने भन्ने जनचेतना जगाउने देखि ट्राफिक नियम नमाने १० हजार रूपैयाँसम्म जरिवाना हुने लगायतका सूचना राखेका छौं,” ढकालले भने।
उपत्याकाभित्र सडक जामको सबैभन्दा ठूलो समस्या रहेको कोटेश्वरमा सडक लेन थप्ने काम शुरू भइसकेको उनले जनाए। यसले त्यस क्षेत्रमा हुने जामको समस्या हटाउने विश्वास उनले व्यक्त गरे।