काठमाडौं। यो वर्षको मनसुन शुरू भएयता सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन्।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताएका छन्। “धेरै मानिस विस्थापित छन्”, उनले भने, “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको छ। सुरक्षाकर्मी परिचालन भएका छन्। स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै काम अघि बढाइएको छ।”
केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरू बसेर धरै निर्णय भएको र कार्यान्वयनको प्रक्रिया अघि बढेको ढकालले जानकारी जानकारी दिए।
कोरोना भाइरस संक्रमणको जोखिमका बीच पीडितको उद्धार, राहत र पुनर्स्थापनामा संयन्त्रहरू खटिएका छन्। रासस
" /> काठमाडौं। यो वर्षको मनसुन शुरू भएयता सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन्।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताएका छन्। “धेरै मानिस विस्थापित छन्”, उनले भने, “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको छ। सुरक्षाकर्मी परिचालन भएका छन्। स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै काम अघि बढाइएको छ।”

">