बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९, बोबाङमा मृत्यु भएका १४ मध्ये चारजनाको सनाखत भएको छ।
पहिरोमा परी २४ जना बेपत्ता छन्।
सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ।
शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
उनीहरूको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
पहिचान भएकाहरूको पोष्टमार्टमको काम आज हुनेछ।
घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी सुरु भएको रेग्मीले बताए।
रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन्।
केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो।
बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन्।
कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।
पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन्।
अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन। वस्ती भएको स्थानमा अहिले खोला बगेको छ।
ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। रासस
" /> बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९, बोबाङमा मृत्यु भएका १४ मध्ये चारजनाको सनाखत भएको छ।पहिरोमा परी २४ जना बेपत्ता छन्।

">