लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन भोलिदेखि शुरू हुँदैछ।
तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए।
कोरोना महामारीको जोखिमका कारण सम्मेलन जुमबाट गरिने गैरआवासीय नेपाली संघले जनाएको छ। यसअघि सो सम्मेलन क्यानाडामा फेस टु फेस गर्ने घोषणा गरिएको थियो।
सम्मेलनलाई विषेश अतिथिहरूमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगाना र नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री बालकृष्ण खाँणलगायतले सम्बोधन गर्ने छन्।
गैरआवासीय नेपाली संघको आगामी महीना हुने विश्वव्यापी विज्ञ सम्मेलनको तयारीस्वरूप क्षेत्रीय सम्मेलन आयोजना गरिएको एनआरएनए महासचिव डा. हेमराज शर्माले बताए।
सम्मेलनमा कृषि, विज्ञान प्रविधि, पूर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यपत्र प्रस्तुतसमेत हुनेछ।
" /> लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन भोलिदेखि शुरू हुँदैछ।तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए।

">