काठमाडौं। निषेधाज्ञाको उल्लङघन गर्दै एउटा समूहले जबर्जस्ती रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि आज दिनभर ललितपुरको पुल्चोक क्षेत्र तनाबग्रस्त बन्यो। स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले रथ तान्न रोकेपछि सो समूह प्रहरीमाथि नै जाइलागेको थियो।
सो समूहको गालीगलौज र आक्रमणमा पर्दा समेत प्रहरीले धैर्यता अपनाएको देखिन्थ्यो। तर प्रहरीको धैर्यतालाई कमजोरी ठानेर रथ तान्न जबर्जस्ती गरिरहेको समूह झनै आक्रामक बनेपछि सामान्य बल प्रयोग गर्न बाध्य भएको त्यहाँ खटिएका एक सुरक्षा अधिकारीले देखापढीलाई बताए। प्रहरीका तर्फबाट भीड तिवर वितर पार्न अश्रुग्यास प्रहार भएको थियो भने रथ तान्ने समूहले घरेलु हतियार नै प्रयोग गरेका थिए। प्रहरीका अनुसार सो समूहबाट पेट्रोल बम समेत प्रहार भएको थियो।
उता बुगद्य: जात्रा व्यवस्थापन कार्यदल १९ सैं जातीय खल:पुच:का संयोजक चन्द्र महर्जनले पनि असम्बन्धित समूहबाट रथ तान्ने काम भएको र प्रहरीमाथि आक्रमण भएको बताएका छन्। उनले एक विज्ञप्ति जारी गरी घटनाको निन्दा समेत गरेका छन्। यो घटनाप्रति उपत्यकाका नेवार समुदायका नागरिक अगुवाहरुले पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरुले संस्कृतिको निरन्तरताको नाममा मच्छिन्द्रनाथको रथ यात्रामा अतिवादी र अवाञ्छित समूहले घुसपैठ गरी अराजकता निम्त्याउन चाहेको प्रष्ट देखिएको बताएका छन्।