ललितपुरमा कर्फ्यु आदेश जारी <p>काठमाडौं। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज पुल्चोकमा स्थानीय र प्रहरीबीच उत्पन्न तनावपछि ललितपुरमा कर्फ्यु&nbsp;लगाइएको छ।</p> <p>जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा भोलि (शुक्रबार) विहान ४ बजेदेखि कर्फ्यु&nbsp;आदेश जारी गरेको हो। कर्फ्यु शुक्रबार राति १० बजेसम्म कायम रहने ललितपुर प्रशासनले जनाएको छ।</p> <p>&#39;&#39;हाल विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को सङ्क्रमण बढ्न सक्ने सम्भावनाबाट सिर्जित कठिन परिस्थिति रहिरहेको समयमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक,साँस्कृतिक विश्वासमा खलल पुर्&zwj;याई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकाले कर्फ्यु आदेश जारी गरीएको छ,&#39;&#39; ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले जारी गरेको आदेशमा उल्लेख छ। आदेशको उल्लङ्घन गरेमा सुरक्षाका लागि खटिएका सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने प्रशासनले सचेत गराएको छ। निषेधाज्ञामा मच्छिन्द्रनाथको रथ तान्न प्रशासनले रोक लगाएपछि पुल्चोकमा तनाव उत्पन भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्