सवारी दुर्घटनामा एकको मृत्यु

पाल्पा। रामपुर नगरपालिका–४ सिताकुण्डस्थित सडकमा प्रदेश ३–००१ अ यो–००७१ नम्बरको मिनीट्रक बिहीबार अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ।

मिनीट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा सोही मिनीट्रकका सवार सर्लाही बागमती नगरपालिका–६ बस्ने ३० वर्षीय सन्तोष गहतराज बिक रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने १६ वर्षीय राहुल बिकलाई उपचारको लागि रामपुर अस्पतालतर्फ पठाइएको छ। मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्