करेन्ट लाग्दा २ जनाको मृत्यु
<p>काठमाडौं। मोरङको रंगेली नगरपालिका–५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा बिहीबार बिहान मृत्यु भएको छ।</p>
<p>नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ। </p>
<p>करेन्ट लागेर अशक्त भएका थारुको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p>घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
