भन्सार छली भारततर्फ लैजाँदै गरेको सामानसहित ७ जना पक्राउ <p>धनुषा।&nbsp;नगराईन नगरपालिका-९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको ५२५ केजी हरियो मटर, ५४ कार्टुन सोफी मदिरा र ४ वटा मोटरसाइकल सहित भारत मधुवनी बस्ने २१ वर्षीय सन्तोष कुमार महतो समेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p>जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामानहरू र मोटरसाइकलसहित पक्राउ गरको हो।</p> <p>यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्