तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
<p>दाङ। तुलसीपुर उपमहानगरपालिका–१४ पदमपुर बस्ने निम बहादुर केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय मधुकर बस्नेत समेत १३ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ।</p>
<p>तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटीएको प्रहरीले उनीहरूलाई ६३ हजार ८ सय ४० रुपैयाँ नगद र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
