"> काठमाडौं मलको दक्षिणी पाखो भत्काउने क्रममा दुर्घटना, एक्साभेटर चालक घाइते (भिडिओसहित): Dekhapadhi
काठमाडौं मलको दक्षिणी पाखो भत्काउने क्रममा दुर्घटना, एक्साभेटर चालक घाइते (भिडिओसहित)
काठमाडौं। वृहत धरहरा निर्माण परियोजनाअन्तर्गत काठमाडौं मलको दक्षिणी पाखो भत्काउने क्रममा दुर्घटना हुँदा एकजना घाइते भएका छन्।

काठमाडौं मलको पछाडि भाग र सुन्धाराको बीचबाट टेबहालतिर जाने बाटो बढाउने प्रयोजनका लागि मलको दक्षिणी पाखो भत्काउन खोज्दा उक्त दुर्घटना भएको थियो। दिउँसो ४ बजे आसपास एक्साभेटरले भत्काउँदै गर्दा भवन भत्किएर एक्साभेटरमाथि खसेको थियो। घर भत्किँदा एक्साभेटरका चालक विष्णु साह घाइते भएको प्रत्यक्षदर्शीले जानकारी गराएका छन्।

घाइते चालक साहलाई तत्काल उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको ममहानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले बताए।

“निर्माण स्थल भएकाले सर्वसाधारणलाई त्यतातिर जान प्रतिबन्ध थियो। निषेधाज्ञाका कारण पनि मानिसहरुको चहलपहल नहुँदा ठूलो दुर्घटना हुन पाएन।  एक्साभेकटर चालकलाई खुट्टामा चोट लागेको देखिन्छ,” स्थानीय प्रत्यक्षदर्सी आयुश खड्काले देखापढीलाई भने, “भवनको त्यो भाग काठमाडौं मलको अगाडि भागमा खस्नुपर्ने थियो। तर अनपेक्षित रुपमा वायाँतिर खस्दा एक्साभेटरलाई थिच्यो।”

प्रतिक्रिया दिनुहोस्