बाँदरलाई हानेको गोली मान्छेलाई लाग्दा…
काठमाडौं। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

क्षेत्रीले आफ्नो खेत बारीमा मकै खान आएको बाँदरलाई धपाउनको लागि पड्काएको भरुवा बन्दुकको छर्राले पैदलयात्री सोही स्थान बस्ने ४५ वर्षीय भीम बहादुर गोदारलाई लागेर गम्भीर घाईते भएपछि उक्त बन्दुकसहित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

गोदारलाई उपचारको लागि पोखरातर्फ पठाइएको छ। प्युठानको मल्लरानी गाउँपालिका-५ राम्चे बस्ने ३४ वर्षीय भोज बहादुर नेपालीलाई घरेलु भरुवा बन्दुक तथा सो बन्दुकमा प्रयोग हुने ६ वटा फलामको छर्रा र करिब २ सय ग्राम बारुदसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भोज बहादुरले घरपरिवारसँग वादविवाद गरिरहने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनको साथबाट उक्त सामानहरू फेलापारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्