खोलाले बगाई दुई जनाको मृत्यु
काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिका-४ सोरबाङका १० वर्षीय दिलिप सिर्पालीको खोलाले बगाई मृत्यु भएको छ।

खेल्ने क्रममा अचानक घर नजिकैको बडिगाड खोलामा खसेका उनलाई खोजी गर्ने क्रममा गरगरे भन्ने स्थानमा मृत अवस्थामा फेला पारिएको हो।

पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने सुरेन्द्र जैसवालको माछा पोखरीमा डुबेर सोही ठाउँ बस्ने आत्मा कुश्वाहाको छोरा ८  वर्षीय सुजित कुश्वाहाको मृत्यु भएको छ।

सुजित लगायत ४–५ जना बच्चाहरू नुहाउने क्रममा डुबेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहीले पोखरीबाट उद्धार गरी स्थानिय मेडिकलमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्