पाँच जनाको शव भेटियो

काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तिनकुनेस्थित धान खेतमा सोही स्थान बस्ने ३४ वर्षीया संगिता राई मृत अवस्थामा फेला परेकी छन्।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-४ बिहारीको जंगलमा सोही नगरपालिका–६ तिल्कना बस्ने ५० वर्षीय जितेन पुनमगर मृत अवस्थामा फेला परेका छन्।

अघिल्लो दिन जंगलमा च्याउ खोज्न गएकोमा घर फर्की नआएकोले आफन्तले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१२ साण्डीबेशीस्थित ईन्द्रावती खोलाको छेउमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको गैडहवा गाउँपालिका-८ कञ्चनपुल खोलामा सोही गाउँपालिका–९ नयाँगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी बिक बुधबार मृत अवस्थामा फेला परेकी छन्।

दोलखाको जिरी नगरपालिका-५ स्थित चेरदुङ डांडा कालोभिरमा हाल पहिचान नखुलेका पुरुष सडीगलेको अबस्थामा बुधबार मृत फेला परेका छन्।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्