नोभेम्बर १ बाट खोप वितरण गर्ने अमेरिकी योजनामा चिन्ता
काठमाडौं। अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावको ठीक दुई दिनअघि कोरोना भाइरसविरूद्धको खोप वितरण सुरु गर्ने योजनाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अमेरिकाको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले ५० वटै राज्यका स्वास्थ्य अधिकारीहरूलाई नोभेम्बर १ बाट खोप वितरणको लागि तयार रहन भनेको छ।

अगस्ट २७ मा पठाएको दुई पत्रमा उल्लेखित दुई अज्ञात खोपको विस्तृत परिदृश्यबारे न्यूयोर्क टाइम्सले लेखेको छ। गाइडलाइनमा स्वास्थ्यकर्मी, ६५ वर्षभन्दा माथि उमेर र संक्रमणको उच्च जोखिम रहेका समूहमा खोप वितरणका लागि प्राथमिकता दिनुपर्ने उल्लेख छ।

अहिले धेरै संख्यामा सम्भावित खोपहरूको क्लिनिकल परीक्षण भइरहेको छ। तीमध्ये केही अन्तिम चरणको परीक्षणमा छन्। अमेरिकाका वरिष्ठ सरूवा रोग विज्ञ डा. एन्थोनी फौसीले परीक्षणमा रहेका खोपको नतिजा सकारात्मक देखिए उक्त समयमा खोप उपलब्ध हुनसक्ने संकेत गरेका छन्। तर, अन्य वैज्ञानिकहरूले सीडीसीको घोषणा राजनीतिक चाल भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘‘यो समय सीमा... सार्वजनिक स्वास्थ्य र सम्भावित सुरक्षा जटिलतामाथि राजनीतिकरण हुनु चिन्ताजनक छ। यसलाई चुनावपूर्व लादिने खोपको रूपमा नहेर्लान् भन्न गाह्रो छ,’’ एरिजोनाका संक्रामक रोग नियन्त्रण विशेषज्ञ सस्कीया पोपेकुले भनेका छन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्